बुधबार, भदौ ३, २०८३

बजारमा भारतीय फूलको दबदबा

भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन्।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं- भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले मारमा परेको गुनासो गरेका छन्।

काठमाडौंको नयाँ सडक क्षेत्रमा देखिएको फूलको ब्यापारमा अधिकांश भारतीय फूल देखिएको छ। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्री हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान तथा ब्यापारीले गुनासो गरेका छन्। 

काठमाडौंमा लक्ष्मी पूजा र गोर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको विक्री धेरै हुने गर्छ। कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो। 

वर्षाले देशभर लगाइएको र विक्रीका लागि तयारी अवस्थामा रहेको फूलमा धेरै क्षति भएको फूल व्यवसायीहरूले बताएका छन्। काठमाडौं उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्ववसायीक रूपमा फूल खेती हुने गरेको छ। फूल बेच्नका लागि काठमाडौंमा छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा ब्यापारी आउने गर्छन्। 

काठमाडौंको नयाँ सडकमा फूल बेच्ने र किन्नेहरूको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन्।  वर्षेनी तिहारको समयमा काठमाडौंमा आई फूल बेच्दै आएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्याधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गरे।

पुप्प व्यवसायी अशोक अधिकारीले यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएकोमा त्यसको उल्टो भएको बताए।

तर, बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भए पछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ। कोरना संक्रमणको जोखिम कम भएको र मानिसहरूले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा माग बढ्ने अनुमान गरिएको थियो। 

गत वर्षको तुलनामा ५ लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ। नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ।

प्रकाशित: Nov 04, 2021| 14:10 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।