आइतबार, फागुन २४, २०८२

दक्षिण अफ्रिकी लेखक डामोनलाई बुकर पुरस्कार

विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

एएफपी

एएफपी

बिहीबार, कात्तिक १८, २०७८

काठमाडौं– विश्व प्रतिष्ठित बुकर पुरस्कार यस वर्ष दक्षिण अफ्रिकी लेखक डामोन गाल्गोटलाई प्रदान गरिएको छ। चर्चित उपन्यासकार तथा नाटककार डाल्गोटको पुस्तक ‘द प्रमिज’का लागि सो पुरस्कार गरिएको हो। सो पुस्तकमा गएको चार दशकको अवधिमा एउटा दक्षिण अफ्रिकी परिवारको पतनको विषयलाई उल्लेख छ। यो उनको नवौं पुस्तक हो। 

National life

यसअघि सन् २००३ र सन् २०१० मा पनि उक्त पुरस्कारका लागि उनी मनोनयनमा परेका थिए। तर पुरस्कार जित्न भने सेका थिएनन्। उनलाई बुधबार एक समारोहबीच ५० हजार पाउन्डको पुरस्कार प्रदान गरिएको छ। 

निर्णायक मण्डलका अध्यक्ष माया जेसन्अफले उपन्यासमा अद्वितीय कथा, समृद्ध विषयवस्तु र दक्षिण अफ्रिकाको विगत ४० वर्षको इतिहास उत्कृष्ट किसिमले बुनिएकाले पुरस्कारका लागि छनौट गरिएको जानकारी दिए। 

‘पुस्तकमा उत्कृष्ट शैली छ, उत्कृष्ट विचार छन् र यो संरचना र साहित्यिक शैलीमा उल्लेखनीय ध्यान दिएर सोच्न बाध्य बनाउने कुरा छन्’, उनले भने। 

एउटा श्वेत परिवारले आफ्नी अश्वेत सेविकालाई घरजग्गा दिन व्यक्त गरेको वाचाका आधारमा कितावको नामकरण गरिएको हो।श्वेत सरकारको जातीय भेदभाव अन्त्य गरिएपछि अपूर्ण रहेका प्रतिबद्धतालाई पुस्तकमा विस्तृतमा उजागर गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रिटोरियामा हुर्किएका ५७ वर्षीय लेखक गाल्गोटले अफ्रिकी समाजका फरक फरक पुस्ता र राजनीतिक परिस्थितिलाई पुस्तकमार्फत झल्काएका छन्। 

प्रकाशित: Nov 04, 2021| 14:09 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।