बुधबार, भदौ ३, २०८३

ज्येष्ठ नागरिकलाई घरमै चाडपर्व भत्ता

ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

बागलुङ- बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ। ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो। 

चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन्। 

नगर भित्रका ८५ बर्षमाथिका २०२ नागरिक छन्। नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो। ८५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए। 

गलकोट नगरपालिका–१ मा सबैभन्दा बढी ४६ जना र वडा–४ र ७ मा सबैभन्दा कम ११/११ जना छन्। शाखा प्रमुख अधिकारीका अनुसार वडा–२ मा १८, वडा–३ मा २३, वडा–६ मा २७, वडा–८ मा २२, वडा–९ मा १७, वडा–१० मा ३१ र वडा–११ मा २३ जना ज्येष्ठ नागरिक छन्। 

नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए। 

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन्। स्थानीय सरकारले घरघरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन्। 

‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ।’

नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन्। दसैंअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थिगित भएको थियो।  -न्युज कारखाना

प्रकाशित: Nov 04, 2021| 18:05 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।