बुधबार, भदौ ३, २०८३

हतियार र लागूऔषधसहित एक जना पक्राउ

कपिलबस्तुमा हतियार र लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

बुटवल- कपिलबस्तुमा हतियार र लागूऔषधसहित  एक जनालाई प्रहरीले  पक्राउ गरेको छ। मायाँदेवी गाउँपालिका-८ बिजुवा चोकबाट सोही गाउँपालिका-६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई मंगलबार राति पक्राउ गरेको हो। 

यूपी ५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडाबाट पकडीतर्फ आँउदै गरेका उनलाई अस्थाई प्रहरी पोष्ट विजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ थान पेस्तोल, २८ थान कार्ट्रिरज, नियन्त्रित लागूऔषध ४२ चक्की स्पास्मो, २१ चक्की नाइट्राजेपाम, १ थान मोबाइल, ४ थान पेनड्राइप र १ थान वाईफाई स्पिडर समेत फेला पारी बरामद गरेको हो। 

यस्तै गुल्मीको मुसिकोट नगरपालिका-४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। आफ्नै श्रीमतीसँग सोही ठाउँस्थित धारापानी जंगलमा वन कुखुरा मार्ने क्रममा दिपकले भरुवा बन्दुक पड्काउँदा छर्रा लागेर श्रीमती घाइते भएपछि प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले दिपकलाई सोही नगरपालिका-४ गजुङ्गाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

घाइतेलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Nov 04, 2021| 07:02 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।