बिहीबार, साउन ७, २०८३

रुसमा दैनिक सङ्क्रमित ४० हजारभन्दा बढी

रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

मस्को- रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। 

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिएका छन्। 

त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन्। तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो। 

रूसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ। यो सङ्ख्या पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो।

रुसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ। नयाँ थपिएका सङ्क्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन्।

प्रकाशित: Nov 03, 2021| 21:20 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।