सोमबार, असार २२, २०८३

आहा रारा माघ गोल्डकप माघ ६ देखि सुरु गर्ने तयारी

फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत केसी ग्रुपले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- पोखराको सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरिएको बताएको छ। फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत सूर्यबहादुर केसी ग्रुपले आयोजना गरेको  कार्यक्रममा यस्तो जानकारी दिइएको हो। 

यस्तै सहारा एकेडेमीलाई पोखराको केसी परिवारले वार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ। पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

एकेडेमीको जिम्मेवारी लिए सँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ। क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ। सम्झौता अनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ। सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो। 

एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन्। उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ। हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो।

एकेडेमी चलाउनकै लागि क्लबले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ। क्लबले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सञ्चालन गरिहेको छ।

प्रकाशित: Nov 03, 2021| 21:30 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।