मंगलबार, असार ३०, २०८३

बेल्जियम क्‍वाटरफाइलनमा : जापान ३-२ ले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- जापान र बेल्जियमबीच सोमबार सम्पन्‍न निक्कै सनसनीपूर्ण खेलमा बेल्जियम विजयी भएको छ । जापानले लिएको शुरूवाती अग्रता जोगाउन नसक्दा अघिल्लो चरण प्रवेशको सम्भावनामा पूर्णविराम लागेको छ । 

प्रतियोगिता अन्तर्गतको ९० मिनेट दुवै टोली २-२ गोलको बराबरीमा थिए र ९४ औ मिनेटमा नासेर चडालीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । 
पहिलो हाफ गोल रहित बराबरीमा खेलेका दुवै टोली दोस्रो हाफमा आक्रमक खेल खेल्दै खेललार्इ रोमाञ्चक बनाएका थिए । 

नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। त्यसको तीन मिनेटपछि इनुले अर्को गोल गर्दै खेलको अग्रता दोब्बर बनाए । 

दुर्इ गोल गरेर रक्षात्मक बनेको जापानलार्इ त्यसपछिको समय सहज बनेन । ३ मिनेटभित्र २ गोलको झट्का बेहोरेको बेल्जियमले जापानलाई ५ मिनेट भित्र लगातार २ गोल गर्दै बराबरी गर्‍यो । ६९ मिनेटमा भेर्टङ्गनले बेल्जियमका लागि पहिलो गोल गरे । त्यसको पाँच मिनेटपछि फेलानीले अर्को गोल गर्दै खेललार्इ बराबरीमा ल्याए । 

निक्कै सनशनी पूर्ण बनेको खेलको इञ्जुरी समयमा बेल्जियमविरूद्ध कर्नर पाएको जापानले निर्णायक गोल गर्ने लक्ष्यका साथ सबै खेलाडी बेल्जियमको पोस्ट नजिकै पुगेका बेला चडालीले आकर्षक गोल गर्दै आफ्नो क्‍वाटरफाइनलको यात्रा तय गरे । 

अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमले ब्राजिलको सामना गर्नेछ । सोमबारकै पहिलो खेलमा मेक्सिकोलार्इ २० ले पराजित गर्दै ब्राजिल क्‍वाटरफाइनल प्रवेश गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।