काठमाडौं- काठमाडौंको इचागुमा तिहारका लागि सयपत्री ढकमक्क फुलेका छन्। उनीहरूले तिहारका लागि फूल लगाएका हुन्।
तिहार लागेसँगै उनीहरूलाई सयपत्री फूल टिप्न र भित्र्याउन भ्याइ नभ्याई छ। त्यसका साथै राजधानीका चोक-चोक फूल बेच्नेहरूले सजाएका छन्।
सयपत्री र मखमली फूलको प्रयोग तिहारमा अत्यधिक हुने गरेको छ। काठमाडौंका इचागु, बतासेडाँडालगायतका स्थानमा फूल खेती हुँदै आएको छ।