सुर्खेत- कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाण सुर्खेत आइपुगेका छन्। सुदूरपश्चिम प्रदेशमा भएको बाढीपहिरोको निरीक्षण गर्न जाने क्रममा गृहमन्त्री खाण सुर्खेत आइपुगेका हुन्।
सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बझाङ र बैतडी जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा उनी सुर्खेत आइपुगेका हुन्।
गत ३१ असोजदेखि ३ कात्तिकसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो।
गृहमन्त्रीलाई खाणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। गृहमन्त्रीका साथ ती जिल्लाका सांसद, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन्।
सुर्खेत विमानस्थलमा नेता कार्यकर्ताहरूसँग भेट गरी खाण सुदूरपश्चिम प्रदेशतर्फ गएको कांग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले बताए।