बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारको आन्दोलन जारी, प्रधानन्यायाधीशद्वारा इजलास गठन

बारको आन्दोलन जारी, प्रधानन्यायाधीशद्वारा इजलास गठन

न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन्। जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन्। 

सातवटा संयुक्त र तीनवटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन्। जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने वुधबार पनि इजलास नजाने बताएका छन्। सोमवार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारवाट पुन इजलासमा नजाने निर्णयमा छन्। 

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेकोलगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन्।  न्यायाधीशहरूले इजलास छोडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रर्दशनलाई कायम राखेको छ। कानुनव्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन्। 

प्रकाशित: Nov 03, 2021| 11:09 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।