बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार आचार्यलाई

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार आचार्यलाई

मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट रसुवाकी पत्रकार अनु आचार्य सम्मानित भएकी छिन्।

मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो। कानुनमन्त्री दीलेन्द्र बडुले पत्रकार आचार्यलाई सम्मान गरेका हुन्।

नेजाको सातौं अधिवेशन तथा १४औँ साधारणसभाको उद्घाटन सत्रमा आचार्यलाई नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ। 

नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले नेजा ग्रामीण सामुदायीक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए।  नेजाले नेपाल पत्रकार महासंघ सगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ।

‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ लिँदै आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशिल हुन हौसला प्रदान गरेको बताइन्।

प्रकाशित: Nov 03, 2021| 10:15 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।