काठमाडौं- अफगानिस्तानमा तालिबान सरकारले आफूहरू महिलाको शिक्षा विरुद्ध नभएको जनाएको छ। तालिबान सरकारले महिलाको शिक्षाका विषयमा चाडै ठूलो फसला गर्ने जनाएको हो। तालिबान सरकारले छात्राहरूलाई विद्यालय जाने अनुमति दिइने जनाएको छ।
तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग शिक्षाका लागि सहयोगको पनि आग्रह गरेकोछ। तालिबानले शासन गरेसँगै अफगानिस्तानमा अधिकांश बाहिरि सहयोग रोकिएको छ।
तालिबान अन्तराष्ट्रिय निकायसँग थुप्रै संवेदनशील मुद्दाको सामना गरिरहेको छ। यसमा छात्राहरूको मुद्दा पनि एक रहेको छ। तालिबानले सेप्टेम्बरमा छात्रहरूलाई स्कुल जान अनुमति दिए पनि छात्राहरूका लागि अनुमति दिएको छैन। यो विषयलाई लिएर तालिबानको विश्वभर नै आलोचना भएको थियो।
शिक्षा मन्त्रालय सम्बद्ध बाह्य कार्यक्रम निर्देशक वहिदुल्लाह हाशिमीले बालिकाको शिक्षालाई लिए आफूहरूका धार्मिक विद्वानले काम गरिरहेको बताएका छन्। - पीटीआई