बुधबार, भदौ ३, २०८३

सलाई उद्योगमा आगलागी हुँदा लाखौंको क्षति

रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

बुटवल- रुपन्देहीको बुटवलमा गएराति एक सलाई उद्योगमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका–१५ सेमलार पश्चिम कर्साघाटस्थित सलाई फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ। 

विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौंको क्षति भएको सञ्चालक राजेन्द्र ढकालले बताए। राति ९ बजेबाट सुरु भएको आगो करिब १ बजेमात्रै नियन्त्रणमा आएको थियो। पूर्ण रूपमा भने बिहान मात्रै आगो नियन्त्रण भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवल, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाबाट दमकल ल्याएर आगो निभाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता (डिएसपी) सत्यनारायण थापाले बताए।

प्रकाशित: Nov 03, 2021| 08:59 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।