बुटवल- रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली पक्राउ गरेको हो।
बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरूको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन्। उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ।