शनिबार, वैशाख १९, २०८३

काबुलको सैनिक अस्पतालमा आक्रमण, २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काबुल- अफगानिस्तानको राजधानी काबुलमा भएको बिस्फोट र आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ। बन्दूकधारीहरूले काबुलस्थित चार सय बेड रहेको  एउटा सैनिक अस्पतालमा गराएको बिस्फोट र आक्रमणमा अन्य ५० जना घाइते भएको रोयटर्सले जनाएको छ। 

National life

काबुलको सर्दार दाउद खान अस्पतालबाहिर बिस्फोट गराएपछि बन्दूकधारीहरू अस्पताल परिसरमा प्रवेश गरेका थिए। 

अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटसँग आबद्ध आईएस-केले आक्रमणको जिम्मा लिएको छ।  बिस्फोटपछि घटनास्थलमा धुँवाको मुस्लो निस्किएको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ।

आक्रमणपछि आफू भागेर अस्पतालको कुनामा गएर ज्यान जोगाएको अस्पतालका डा. शहिद अहदले बताए। दुई ओटा बिस्फोटमध्ये एउटा बिस्फोट आत्मघाती भएको उनले जानाकारी दिए। 

१५ अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गरेपछि आईएसले हिंसात्मक हमला गर्दै आएको छ। 

प्रकाशित: Nov 03, 2021| 07:43 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।