बुधबार, भदौ ३, २०८३

गैँडाको खागसहित दुई जना पक्राउ

काठमाडौं प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- काठमाडौं प्रहरीले गैँडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले सुकेधाराबाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० बस्ने ३४ वर्षीया फुलमाया बिक र काठमाडौं तार्केश्वर नगरपालिका-६, धर्मस्थली बस्ने २८ वर्षीय सुसन सुनार रहेका छन्।

उनीहरूको साथबाट संरक्षित वन्यजन्तु गैँडाको खाग एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। गैँडाको खाग अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 उनीहरूलाई कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार बुझाइने प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 03, 2021| 07:19 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।