बुधबार, भदौ ३, २०८३

भक्तपुरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

भक्तपुर- भक्तपुर जिल्ला प्रशासन कार्यालयले तिहारमा राति ९ बजेपछि देउसीभैलो खेल्न रोक लगाएको छ। कार्यालयले एक सूचना जारी गर्दै तिहारमा शान्ति सुरक्षा कायम गर्न राति देउसीभैलो र नाचगान कार्यक्रम नगर्न निर्देशन दिएको हो।   

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना भाइरसको संक्रमण घट्दै गए पनि अझै जोखिम रहेकोले मन्दिरमा पूजाआजा गर्न जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न अनुरोध गरेको बताइन्। 

सूचना अनुसार  तिहारमा देउसीभैलो, नाचगान लगायतका कार्य राति ९ बजेसम्म मात्र सभ्य एवम् शान्तिपूर्वक गर्न र त्यस्ता कार्य गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गरी कुनै गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ। 

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवम् विष्पोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न भनिएको छ।

सूचना अनुसार मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झैं झगडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै कार्य नगर्न निर्देशन दिइएको छ।   

प्रकाशित: Nov 03, 2021| 06:40 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।