सोमबार, चैत २, २०८२

तीन वर्षपछि टोकियोका दर्शक नचाउँदै नेपथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपथ्यले जापानको राजधानी शहर टोकियोमा कन्सर्ट गर्ने भएको छ । आगामी २३ असारमा हुने कन्सर्टबाट उठेको रकम नेपथ्यले भूकम्पपछिको राहतमा लगाउनेछ । 

बब डिलन, कोल्ड प्ले र मिस्टर बिगजस्ता कलाकारले प्रस्तुती दिइसकेको 'टोकियो डोम सिटी हल'मा कन्सर्ट हुन लागेको हो। टोकियोमा तीन वर्षपछि कन्सर्ट गर्न लागेको हो, नेपथ्यले। यसअघि टोकियोको कामदास्थित एप्रिकोट हलमा नेपथ्यले कन्सर्ट गर्दा नेपालमा विनासकारी भूकम्प गएको केही समय मात्र भएको थियो। 

२३ असारको कन्सर्टमा मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्। यसको आयोजक 'गोरेटो प्रोडक्सन' हो।

नेपथ्यको संगीत यात्रामा जापानको महत्वपूर्ण भूमिका छ। ब्यान्डको संघर्षका धेरै कथा जापानसँग जोडिन्छन्। 'जापानसँग हाम्रो आत्मीय साइनो छ,' गायक गुरुङले भने, 'मलार्इ त दोस्रो घरजस्तो लाग्छ।' संघर्षका दिनमा टोकियोका सामान्य हलमा नेपथ्यले कन्सर्ट गर्थ्यो। 'टोकियो डोम सिटी हल'मा प्रस्तुती दिन पाउँदा गायक गुरुङको अनुहारमा सन्तुष्टी झल्किन्छ।

आयोजक कृष्ण थापाका अनुसार तीन वर्षअघि टोकियोमा रोमान्टिक गीत प्रस्तुत गरेको थिएन, नेपथ्यले। यसपटक दर्शकलार्इ नचाउन सबै व्यवस्थापन मिलाइसकिएको थापाले जानकारी दिए । नेपालयका किरणकृष्ण श्रेष्ठको भनाइमा यसपटकको कन्सर्टमा ब्यान्डको रजत महोत्सवको पनि अवसर परेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।