सोमबार, फागुन १८, २०८२

जीवनबहादुर शाहीलाई २१ सदस्यको समर्थन, ८ बजे शपथ गराउने तयारी

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ। मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

सुर्खेत- कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन्। गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेस गरेका हुन्।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ। मुख्यमन्त्रीमा दाबी पेसका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए।

प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार आजै राती मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ। मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राती साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ। आज मुख्यमन्त्रीलाई मात्रै शपथ ग्रहण गराइनेछ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: Nov 02, 2021| 17:28 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।