काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्यसचिवको जिम्मेवारी तोकिएको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा १६ कात्तिकमा बसेको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए।