सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • २१ सांसदको समर्थनसहित कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

२१ सांसदको समर्थनसहित कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेस

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि का‌ग्रेस संसदीय दलका नेता जीवबहादुर शाहीले दाबी पेस गरेका छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

kumari

सुर्खेत– कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि का‌ग्रेस संसदीय दलका नेता जीवबहादुर शाहीले दाबी पेस गरेका छन्। २१ जना सांसदको समर्थनसहित मंगलबार शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसँग दाबी पेस गरेका हुन्। उनलाई तीन नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदहले समर्थन गरेका छन्।

सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख कलौनीले आज साँझ ७ः३० बजेभित्र बहुमतसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए।

४० सदस्यीय प्रदेशसभामा हाल ३५ सदस्यीयमा झरेको छ। ३५ मध्ये १८ जना सांसदको समर्थन भए सरकार गठनका लागि बहुमत पुग्छ। यही कारण कांग्रेसका शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ। आज साँझ नै शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीका रुपमा नियुक्त हुनेछन्। शपथ र मन्त्रीहरुको नियुक्ति भने बुधबार मात्रै हुने गठबन्धनका सांसदहरु बताउँछन्।

प्रकाशित: Nov 02, 2021| 16:20 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।