बुधबार, भदौ ३, २०८३

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन्। मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन्। गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो। 

उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताइन्। 

‘सरोकारवालासँग छलफल गरेर गएको भए गुठी विधेयकमा समस्या आउँदैनथ्यो कि?’ उनले भनिन्, ‘हामी समन्वय गरेर अघि बढ्छौ। गुठी विधेयकको उद्देश्य राम्रो थियो। तर एकै ठाउँमा सोलोडोलो सबै समस्यालाई मिसाउँदा विवादमा पर्योौ।’

हिजो आफू राज्य व्यवस्था समितिमा हुँदा मन्त्रीहरूलाई गुठीका बारेमा प्रश्न गर्ने गरेको भन्दै श्रेष्ठले थपिन, ‘आज म त्यहीँ मन्त्री छु। म गर्ने ठाउँमा छु। सबै प्रयत्न गर्छु।’

आफू गुठीको समस्यामा केन्द्रीत रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उनले जानकारी गराइन्। यसका लागि आफूले पूर्वमन्त्रीहरु, पूर्वसचिवहरू, डिजीहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने बताइन्। ‘राम्रो काम जसले गरेको छ, स्वामित्व लिएर जान्छु,’ उनले भनिन्।  यद्पि अहिले संसद अधिवेशन छैन।

प्रकाशित: Nov 02, 2021| 10:40 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।