बुधबार, भदौ ३, २०८३

अवैध रूपमा नेपाल भित्र्याइएको औषधिसहित दुई पक्राउ

सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

सिरहा- सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याइँदै गरिएको औषधिसहित दुई जनालाई पक्राउ गरेको छ।

लहान नगरपालिका- १९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २ सय २५ एमएलको १ हजार ६२ बोतल औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए।

उनका अनुसार प्रदेश २-०१-००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित सिरहाको बरियारपट्टि गाउँपालिका ५ का १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका १ का २२ वर्षीय शत्रुद्यन राम पक्राउ परेका हुन्। 

प्रकाशित: Nov 02, 2021| 08:16 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।