काठमाडौं- काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि खुमलटार भेट्रान्स क्लबले झापा भेट्रान्सको सामना गर्नेछ।
देशका बलिया पूर्वअन्तर्राष्ट्रिय खेलाडीका साथ मैदान उत्रने खेलको फाइनल मंगलबार दिउँसो २ बजेबाट सुरू हुनेछ। ३५ वर्षमाथिका खेलाडीहरुलाई समेटेर आयोजकले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरेको थियो।
यसमा सहभागि हुने टिमले ३५ देखि ४० वर्षका तीन खेलाडीसहित बाँकी खेलाडी ४० वर्षमाथिका हुनुपर्ने नियम राखेको थियो। जहाँ झापाको टिम नेपाली महिला टिमका पूर्व अन्तर्राष्ट्रिय खेलाडी र सर्वाधिक गोलकर्ता हरी खड्काको कप्तानीमा मैदान उत्रने छन्।
सेमिफाइन खेलमा झापाले आर्मीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो। त्यस्तै, खुमलटारले सेमिफाइनल खेलमा एसएनकेसीलाई हराएको थियो। यता खुमलटारको टिममा पनि जुमानू राईलगायतका खेलाडी रहेका छन्।
फाइनल खेलमा जित निकाल्ने टिमले ५ लाख पुरस्कार पाउने छ भने उपविजेताले २ लाख ५० हजार पुरस्कार पाउनेछ। यो प्रतियोगिता फुटबलर्स मिसन टुगेदरले कार्तिक ६ गतेबाट आयोजना गरेको थियो।