सोमबार, असार २२, २०८३

लगातार चौथो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

इंग्ल्यान्ड आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार रातिको खेलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- इंग्ल्यान्ड आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार रातिको खेलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका जस बटलर र इयोन मोर्गनबाहेक अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गरेनन्। बटलरले ६७ बलमा अविजितले १०१ रन बनाए भने मोर्गनले ४० रनको योगदान दिए।

यससँगै इंग्ल्यान्डले चार विकेट गुमाएर १६३ रन बनाएको थियो। बलिङमा श्रीलंकाका वानिन्दु हसरंगाले तीन र दुषमन्था चमिराले एक विकेट गिराए।

जवाफी ब्याटिङमा श्रीलंका खराब सुरुआत गर्दै १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर १३७ रनमा समेटियो। यससँगै इंग्ल्यान्डले ३६ रनको जित निकालेको हो। श्रीलंकाका दसुन शंकरा र भानुका राजापक्षेले समान २६-२६ रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली, आदिल रसिद र क्रिस जोर्डनले समान २-२ विकेट गिराए भने क्रिस वोक्स र लियन विविन्स्टोनले पनि एकएक विकेट लिए।

सुपर १२ को समूह १ मा इंग्ल्यान्डले चार खेलमा सतप्रतिशत जितका साथ आठ अंक बनाएको छ। दोस्रो र तेस्रो स्थानमा रहेका अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ४-४ अंक छ। नेट रन रेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।

यता गएराति पराजित श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ। उसले चार खेलमध्ये तीनमा हार र एक खेलमा मात्र जित निकालेको छ। समान तीन खेलमा हार बेहोर्नेमा बंगलादेश पनि छ।

विश्वकपमा मंगलबार बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने नामिबियाले पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित: Nov 02, 2021| 07:51 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।