बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के?

भूमि व्यवस्था मन्त्री श्रेष्ठलाई प्रश्न : चुच्चे नक्साको क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के?

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन्।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चुच्चे नक्सापछिको नेपालको बढेको क्षेत्रफल सार्वजनिक नगरेको विषयमा बुझ्ने प्रतिक्रिया दिएकी छन्। 

सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा मन्त्री श्रेष्ठले आफ्नो लागि मन्त्रालय विल्कुल नयाँ भएको र बुझेर धारणा सार्वजनिक गर्ने बताइन्। 

सञ्चारकर्मीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर चुच्चे नक्सा जारी गरेपछि नापी विभागले उक्त भूभागमा क्षेत्रफल नापेर बढेको तथ्यांक सरकारलाई बुझाएको तर सरकारले सार्वजनिक नगरेको भन्दै प्रश्न गरेका थिए। मन्त्रालय अधिकांश सञ्चारकर्मीको जोड यही विषयमा थियो।‘क्षेत्रफल गोप्य राखियो। कर्मचारीलाई बोल्न दिइएको छैन। पाठ्यपुस्तकबाट पनि हटाइयो। आधिकारिक क्षेत्रफल गोप्य राख्नुपर्ने कारण के?' भनेर सोधेका थिए।  

सञ्चारकर्मीले नेपाल भारतबीच नियमित सीमांकनको काम पनि चुच्चे नक्साकै कारण नभइरहेको, सीमा बैठक पनि प्रभावित भइरहेको प्रश्न पनि उठाएका थिए। 

तर मन्त्री श्रेष्ठले सुझाव लिनमात्रै बोलाएको भन्दै एक लाइनमा जवाफ दिइन्, ‘नेपालको क्षेत्रफलमा के रहेछ स्थिति बुझ्छु। बुझेर भन्छु।' उनले बोलेर भन्दा कामबाट जवाफ दिने पनि बताइन्। -न्युज कारखाना

प्रकाशित: Nov 02, 2021| 07:27 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।