बुधबार, भदौ ३, २०८३

जनप्रतिनिधिको पसलमै अवैध पटाका

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरू गरेको छ। पालिकाले सोमबारबाट बजार अनुगमन सुरू गरेको छ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

लुम्बिनी- कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरू गरेको छ। पालिकाले सोमबारबाट बजार अनुगमन सुरू गरेको छ। 

आज पहिलो दिन ग्रामीण क्षेत्रमा बिक्री गर्न राखिएका म्याद गएका बस्तु र पटाका बरामद गरिएको छ। नगरपालिकाको वडा नम्बर ७ मानपुर सेखुनियामा रहेको आर के इलेकट्रिकलबाट ठूलो संख्यामा पटका बरामद गरिएको हो। पसलका सञ्चालक राम किशोर रैदास बुद्धभूमि नगरपालिका ७ का वडा सदस्य किस्लावती चमाईनीका छोरा हुन्। 

चाडपर्वमा नागरिकको स्वास्थ्य र सुरक्षाको लागि ग्रामीण भेगका पसलमा अनुगमन गरेको थियो। सोमबार पालिकाको वडा नम्बर ६ र ७ को अनुगमन भएको नगरपालिका उद्योग वाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताए। अनुगमनका नियम विपरीत रहेका सामाग्री जफत गर्नुका साथै पसल सञ्चालकलाई सचेतसमेत गराएका थिए। 

अनुगमन टोलीले पटका, खाद्य सामाग्री, श्रृंगारका सामाग्री, सुर्ती तथा मदिरा जन्य पदार्थको अनुगमन गर्दै नियम विपरीत भएको जफत गरेको थियो। 

सञ्चार कर्मी, प्रहरी, व्यवसायी तथा समाजसेवीसहितको टोलीले तिहार लक्षित गरी नेपाल भित्र्याइएको विस्फोटक पदार्थ (पटाका) समेत बरामद गरेको थियो। बरामद भएका सामाग्रीलाई खाल्टोमा पुरेर नष्ट गरिएको बताइएको छ। दसैं अगाडीदेखि सुरू भएको बजार अनुगमन प्रभावकारी देखिएकोले निरन्तरता दिनु पर्ने बुद्धभूमि उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष शोभाखर बन्जाडेले बताए।

यता पालिकाले अनुगमन सुरू गरे पछि स्थानीय जनताले समेत खुसी व्यक्त गरेका छन्। चाडपर्वको समयमा व्यापारीले गुणस्तरहीन सामाग्री बेच्दै जनताको स्वास्थ्यमा खेलबाड गर्ने गरेका पटक पटक उजागर भएकोले नगरपालिकाले समयमा अनुगमन गर्दा व्यापारी सचेत हुनुको साथै जनता लाभान्वित हुने बुद्धभूमि-४ का कृष्ण गिरीले बताए।

प्रकाशित: Nov 02, 2021| 06:38 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।