आइतबार, असोज २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डायनासोरमार्फत जलवायु परिवर्तन सम्मेलनमा दिइएको सन्देश के हो?

डायनासोरमार्फत जलवायु परिवर्तन सम्मेलनमा दिइएको सन्देश के हो?

जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्ने यो भिडियोलाई युएनडिपीले तयार पारेको हो। जसमा अमेरिकी अभिनेता, कमेडियन, संगीतकर्मी ज्याक ब्ल्याकको आवाज रहेको छ ।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं- राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलन (कोप-२६) को सन्दर्भमा जारी गरेको भिडियो अहिले चर्चामा छ । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्ने यो भिडियोलाई युएनडिपीले तयार पारेको हो। जसमा अमेरिकी अभिनेता, कमेडियन, संगीतकर्मी ज्याक ब्ल्याकको आवाज रहेको छ  ।

कोप-२६ का तयार गरेर सार्वजनिक गरिएको साढे दुई मिनेटको भिडियोलाई युएनडिपी नेपाल नियोगले पनि नेपाली संस्करणमा सार्वजनिक गरेको छ । सार्वजनिक नेपाली संस्करणमा पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डायनासोरको आवाज अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन् ।

डायनासोर राष्ट्रसंघीय महासभा बैठकको मञ्चमा पुगेर त्यहाँ उभिएको एक व्यक्तिलाई 'ठिक छ' भनेर सोधेको दृश्यलाई भिडियोमा देखिएको छ ।  जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ । पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा चार सय २३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन् । यसलाई इंगित गर्दै डायनासोरमार्फत सन्देश दिन खोजिएको छ । 

यस्तो छ सन्देश : 

‘सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ, मलाई बताउन दिनुस्, स्वाभाविक रूपमा तपाईंहरूलाई थाहा छ कि लोप हुनु राम्रो कुरा होइन, तर आफैंलाई जानी जानी समाप्त पार्ने? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरा हो यो । हामीलाई त एउटा भन्ने बाटो छ, हाम्रो विनाशको कारण उल्कापिण्ड थियो तर तपाईंहरूको बहाना चाहिँ के ? तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खर्बौं रुपैयाँ जीवाष्मा इन्धनमाथि अनुदान दिन खर्च गरिराखेका छन् । त्यो पैसाले अरू के के गर्न सकिन्छ भन्ने सोच्नुभएको छ ? विश्वमा अहिले पनि चरम गरिबी छ । आफ्नो विनाशका लागि खर्च गर्नुभन्दा गरिबलाई सहयोग गर्नु ठूलो पुण्य कर्मजस्तो लाग्दैन तपाईंलाई? मलाई एकछिन यथार्थ बोल्न दिनुहोस् । तपाईंलाई अद्वितीय अवसर प्राप्त भएको छ । महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न मेरो एउटा सुझाव राम्ररी सुुन्नुहोस् । लोप हुने बाटो कदापि नरोज्नुहोस् । बहाना बनाउन छोड्नुहोस् । आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुहोस्।’ यति भनेर अन्त्यमा त्यो डायनासोर सबैलाई ‘धन्यवाद’ दिन्छ। मन्तव्य सकिएपछि बैठक कक्ष तालीले गुञ्जिन्छ।

प्रकाशित: Nov 02, 2021| 02:00 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।