बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिन

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए।
 |  मंगलबार, कात्तिक १६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १६, २०७८

ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण थालेको छ।छाडा कुकुरले खसी बाख्रा खाने र मान्छे टोक्न थालेपछि नगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण सुरु गरेको हो।

पशु अधिकारका दृष्टिले मार्न नहुने भएपछि भाले तथा पोथी दुवै  खाले छाडा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको सिद्धिचरण नगरपालिकाका पशु शाखा प्रमुख प्रमित मगरले जानकारी दिए।

हर्ट नेपालसँगको सहकार्यमा गत वर्षबाटै यो अभियान थालिएको र प्रभावकारी देखिएकाले यो वर्ष पनि छाडा कुकुर बन्ध्याकरण गरिएको उनले बताए।उनले भने, ‘बन्ध्याकरण र खोप लगाएपछि कुकुर सुधो बन्ने, हत्तपत्त नटोक्ने, बच्चा नजन्माउने र जथाभाबी नहिँड्ने भएकाले बन्ध्याकरण तथा खोप लगाउन थालिएको हो ।’ 

दुई सय छाडा कुकुरलाई हालसम्म बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ।छाडा कुकुरले गतवर्ष मात्रै सदरमुकाम आसपासका किसानका दुई दर्जनबढी खसी बाख्रा मारेको थियो।सडकमा हुलै बाँधेर हिँड्ने र मोटरसाइकल तथा पैदल यात्रीलाई लखेटेर टोक्ने भएकाले बिहान बेलुका हिँडडुलमा जोखिम थियो।

कुकुरको आतंक कम गर्न बन्ध्याकरणले योगदान पुगेको स्थानीय श्याम श्रेष्ठले बताए।दिनरात हुल बनेर हिँड्ने कुकुर निकै कम भएको उनले सुनाए।मार्न नमिल्ने भएकाले साझेदार संस्था हर्टसँग मिलेर वैकल्पिक उपाय खोजिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले गत वर्ष र यो वर्षको बन्ध्याकरणले कुकुर नियन्त्रणमा ठूलो योगदान पुग्ने बताए।सदरमुकाम क्षेत्र मात्रै नभई गाउँ टोलसम्मै छाडा कुकुरको आतंकले स्थानीय हैरान छन्।अन्य स्थानीय तहले पनि यस्ता अभियान चलाउनु पर्ने माग छ।

प्रकाशित: Nov 02, 2021| 00:00 मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।