मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चिनियाँ विदेशमन्त्रीद्वारा अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह

चिनियाँ विदेशमन्त्रीद्वारा अमेरिकालाई गलत चीन नीति परिवर्तन गर्न आग्रह

संयुक्त राज्य अमेरिकालाई 'ताइवान स्वतन्त्रता' को नाममा हुनसक्ने गम्भीर हानी महसुस गर्न, नक्कली नीतिको सट्टा वास्तविक एक चीन नीति अपनाउन, विश्वासघातको सट्टा इमानदारीपूर्वक चीनप्रतिको प्रतिबद्धता पूरा गर्न वाङले आग्रह गरेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

बेइजिङ- चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन्। आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले अमेरिकाले चीनको आन्तरिक मामिलामा बेइमानीपूर्वक हस्तक्षेप गरेको बताएका हुन्।

National life

मन्त्री वाङले वर्तमान अमेरिकी कांग्रेसले ३०० भन्दा बढी चीन विरोधी विधेयकहरू पेश गरेको र ९०० भन्दा बढी चिनियाँ संस्था र व्यक्तिहरूलाई विभिन्‍न ढंगले एकपक्षीय प्रतिबन्धको सूचीमा समावेश गरेको र जसबाट सामान्य द्विपक्षीय सम्बन्धमा समेत गम्भीर आघात परेको टिप्पणी गरेका छन्।

विदेश मन्त्री वाङका अनुसार यसका अतिरिक्त संयुक्त राज्य अमेरिकाले विश्वव्यापी स्तरमा चीनलाई दबाउन विभिन्न साना र मध्यम खालका घेराहरू निर्माण गर्दै साना र मध्यम आकारका देशहरूमा पनि सोही अनुकूलको दबाब दिइरहेको छ।

यी अभ्यासहरू जनताको हितसँग मेल खाँदैनन् र दुई देशको र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप पनि नभएको हुनाले र वर्तमान समयको विकाससँग पनि असान्दर्भिक रहेकाले चीनले यसको स्पष्ट विरोध गरेको मन्त्री वाङले स्पष्ट  पारेका छन्।

दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकयताको महत्त्वपूर्ण अनुभव भनेको चीन र संयुक्त राज्य अमेरिका दुवैले सहयोगबाट लाभ उठाउने र टकरावबाट हुने नोक्सानी  हो। एंकोरेज, तियान्जिन र ज्यूरिचले एकअर्कालाई सम्मान गर्नुपर्छ र एकअर्कालाई समान रूपमा व्यवहार गर्नुपर्ने मन्त्री वाङको बुझाइ छ।

Laxmi sunrise bank
kumari

संयुक्त राष्ट्रसंघका महासचिवले विश्वलाई विभाजनबाट रोक्न र नयाँ शीतयुद्धबाट बचाउन बारम्बार आह्वान गर्नु महत्त्वपूर्ण रहेको र यस वर्ष चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्र प्रमुखहरूबीच दुई पटकको फोन वार्तामा निकै महत्त्वपूर्ण सहमति भएको मन्त्री वाङले बताएका छन्। दुई पक्षले वार्ता पुनः सुरु गर्नुपर्ने र टकरावबाट जोगिनुपर्ने वाङको भनाइ छ। 

उक्त भेटमा मन्त्री वाङले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसँग समयमै र स्पष्ट रूपमा विचार आदानप्रदान गर्न र दुई पक्षबीचको मतभेदलाई कसरी व्यवस्थापन र नियन्त्रण गर्ने, उत्पन्न हुने समस्याहरूको उचित समाधान गर्ने, समझदारी बढाउने, शंका हटाउने, गलत धारणाहरूबाट बच्न र अन्वेषण गर्ने इच्छा व्यक्त गरेका छन्।

'हामी संयुक्त राज्य अमेरिकालाई 'ताइवान स्वतन्त्रता' को नाममा हुनसक्ने गम्भीर हानी महसुस गर्न, नक्कली नीतिको सट्टा वास्तविक एक चीन नीति अपनाउन, विश्वासघातको सट्टा इमानदारीपूर्वक चीनप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछौं,' वाङले भने, 'एक चीन नीतिलाई साँच्चै कार्यान्वयन गर्न र त्यसलाई व्यवहारमा उतार्न पनि हामी संयुक्त राज्य अमेरिकालाई आग्रह गर्छौं।'

ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिने र दुई पक्षले आपसी सम्मानको भावनामा द्विपक्षीय सम्बन्ध विकास गर्नुपर्ने कुरा दोहोर्‍याएका छन्। संयुक्त राज्य अमेरिका चीनसँग संवाद कायम राख्‍न, भिन्नतालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न र टकराव वा संकटबाट बच्न इच्छुक रहेको उनले बताए। 

प्रकाशित: Nov 01, 2021| 22:50 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।