मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोभिडबाट उत्पन्‍न समस्याको समाधानमा सामूहिक रुपमा लाग्‍न जी२० राष्ट्रहरु प्रतिबद्ध

कोभिडबाट उत्पन्‍न समस्याको समाधानमा सामूहिक रुपमा लाग्‍न जी२० राष्ट्रहरु प्रतिबद्ध

सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्‍न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्‍ने प्रतिबद्धता गरेका थिए।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

रोम- विश्वका आर्थिक रुपमा सम्पन्‍न २० ठूला देशहरु सम्मिलित समूह जी२० को सम्मेलन इटालीको रोममा सम्पन्‍न भएको छ। सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड १९ महामारीले उत्पन्‍न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्‍ने प्रतिबद्धता गरेका थिए। 

National life

यस महामारीका कारण विश्वमा विविध खाले समस्याहरु उत्पन्न भएको निष्कर्ष सो सम्मेलनका क्रममा विश्वका नेताहरुले निकालेका थिए। 

उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिकलगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन्। कोभिडबाट उत्पन्‍न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन्। 

उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन्। हाल कोभिडका विरुद्धमा खोपको उपलब्धता सबैमा हुन नसकेकाले यसका विरुद्धमा पनि लाग्न उनीहरुले जोड दिएका हुन्। 

प्रकाशित: Nov 01, 2021| 23:15 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।