काठमाडौं- विदुर विष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ वर्षमाथिको प्रतियोगितामा उपाधि उचाल्न सफल भएका छन्। विष्टले सोमबार सम्पन्न फाइनलमा आफ्ना प्रतिद्वन्दि ज्ञानेन्द्र ताम्राकारलाई ४–०, १–४ र ११–९ ले पराजित गर्दै उपाधि उचालेका हुन्।
गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा भएको प्रतिस्पर्धाको ५५ वर्ष माथिको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापालाई ६–४, ६–३ ले पराजित गर्दै विमल कुमार गुरुङ्ले उपाधी उचालेका हुन्।
यस्तै ३५ वर्ष माथिको खेलमा कमल बहादुर भण्डारीले सिमान्त गुरुङ्लाई ६–३, ६–४ ले हराउँदै उपाधिमा आफ्नो नाम लेखाएका हुन्।
जुनियरतर्फको यू १० छात्रातर्फ सिभाली गुरुङ्ले उपाधि जितिन्। उनले आयुषा जिसीलाई ६–१, ६–० ले पराजित गरेकी हुन्।
यस्तै यू १४ तर्फ सुनिरा थापाले अद्या पौडेललाई ६–३, ६–२ ले पराजित गर्दै उपाधी उचालिन्। सुनिरा थापाले युगलतर्फको उपाधि पनि जितिन्। उनले प्रशंसा मोक्तानसंग मिलेर आद्या पौडेल र समृद्धी महर्जनको जोडीलाई ७–५, ७–६ को कठिन जित निकाल्दै उपाधी जितेका हुन्।
छात्र यू १४ युगल तर्फको प्रतिस्पर्धामा आयुष्मान हजुर घले र सक्षम विक्रम शाहको जोडीले बाजी मारे । उक्त जोडीले दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई ६–२, ६–१ ले पराजित गरे।
महिला युगलतर्फ ईरा राउत र अभिलाषा बिष्टको जोडीले जित हात पार्दै उपाधीमा कब्जा जमाए। उक्त जोडीले प्रेरणा कोईराला र सलोनी तामाङ्गको जोडी लाई ५–७, ६–४ र ७–५ ले पराजित गर्दै उापधी कब्जा गरेका हुन्।
पुरुष एकल तर्फ ऋतिक राणा र आरभ सम्राट हाडा फाईनल प्रवेश गरे। राणाले अकि जुवेन राउतलाई ६–२, २–६, ६–३ ले तथा आरभले निशान श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गर्दै उपाधी होडलाई कायम राखेका छन्।
यस्तै महिला एकल तर्फ प्रेरणा कोईराला र सलोनी तामाङ्गले फाईनल यात्र तय गरे। कोईरालाले रयना शाहलाई ६–१, ६–३ र सलोनीले अभिलाषा विष्टलाई ६–१, ६–० ले पाखा लगाएका हुन्।
पुरुष युगल ३५ बर्ष माथिको युगल तर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडी तथा निरज थापा र लोक गुरुङ्गको जोडीले फाईनल यात्र तय गरे। कमल र सिमान्तको जोडीले राजु क्षेत्री र सुदर्शन श्रेष्ठको जोडीबाट वाक ओभ र प्राप्त गरे भने निरज र लोकको जोडीले राजन पौडेल र नविन श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन्।
४५ वर्षमाथिको पुरुष युगलमा राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी निरेश श्रेष्ठ र गोपाल दास मानन्धरको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै फाईनलमा चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी संग उपाधीको लागि भिड्ने भएका छन्। शाही र श्रेष्ठको जोडीले सुमित महर्जन र निमा लामाको जोडीलाई ६–२, ६–१ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन्।
यस्तै ५५ वर्षमाथिको भिडन्तमा कृष्णराज घले र सुवर्ण धाख्वाको जोडी जित हात पार्दै फाईनल प्रवेश गरे। उक्त जोडीले मनोज शमसेर जवरा र प्रदीप शाहको जोडीलाई ६–४, ६–२ ले हराउँदै उपाधी नजिक पुगेका हुन्।
यस्तै अर्को फाइनल प्रवेश गर्ने जोडीमा कमल थापा र छम्ब धोन्दुप रहे । उक्त जोडीले सेमिफाईनलमा उत्तम लामा र राजु श्रेष्ठको जोडीलाई ६–४, ७–६ ले हराए।
विजयी खेलाडीहरुलाई प्रतियोगिताको अन्तिम दिन मंगलबार पुरस्कार वितरणले सम्मान गर्ने कार्यक्रम छ।