बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङ पुगेर राष्ट्रपतिले भनिन्- जलवायु परिवर्तनमा भूमिका नभएको नेपालले मार खेप्यो

मनाङ पुगेर राष्ट्रपतिले भनिन्- जलवायु परिवर्तनमा भूमिका नभएको नेपालले मार खेप्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छन्। मना
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छन्। मना

मनाङ पुगेकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले एग्रो मनाङ प्रालिमार्फत् सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपछि बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको बताइन्। 

जलवायुलाई प्रतिकुल बनाउन नेपालको कुनै पनि भूमिका नरहेको उल्लेख गर्दै उनले विश्वका अन्य देशहरुले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्‍नुपरेको बताएकी छन्। उनले हालै बेलायतमा कोप २६ मा भाग लिन प्रधानमन्त्री देउवा पुगेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गरिन्। 

नेपालले विश्वका विभिन्‍न मञ्चहरुमा जलवायु अनुकुलन कार्यान्वयन गर्नका लागि आवाज उठाइरहेको पनि उनले स्मरण गरेकी छन्। उनले भनिन्,  ‘जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ गइराखेको छ। विश्वव्यापी नै एउटा प्रवृत्ति हो। जलवायुलाई त्यसरी प्रतिकुल बनाउने कुरामा नेपालीहरुको कुनैपनि भूमिका छैन। हाम्रो कुनै पनि गल्ती छैन। तर पनि विश्वमा अन्य देशमा भइरहेको प्रकृतिको अति दोहन गर्ने प्रवृत्तिले जलवायु परिवर्तन मात्रै होइन, संकटतर्फ गइराखेको छ। आज कस्तो संयोग छ भने, यूएनको आयोजनामा कोप २६ बेलायतमा हुन गइरहेको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय प्रतिनिधित्व भएको छ। नेपालको प्रधानमन्त्रीले भाग लिनुभएको छ। निश्चयपनि उहाँले नेपालको विषयवस्तुलाई उठाउनु हुने नै छ।'

उनले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने उनको तर्क छ। विशेषगरी शक्ति राष्ट्रहरुको ध्यान जानु जरुरी रहे पनि नेपालले वातावरण र पर्यावरणलाई अनुकूल पारिराख्नुपर्ने बताएकी छन्। कृषि प्रणालीमार्फत् हरियाली प्रबर्द्धन गर्नुपर्नेमा उनको जोड छ। राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताएकी छन्। 

उनले थपिन्, ‘यसलाई अनुकुलन गर्ने धेरै उपायहरु छन्। हामीले मात्रै गरेर हुँदैन। यसमा विश्व समुदायको ध्यान जानु आवश्यक छ। ठूला शक्ति राष्ट्रहरुको ध्यान जानु आवश्यक छ। तरपनि हामी जहिले पनि न्यायको पक्षपाति भएको हुँदा हाम्रोतर्फबाट पनि कुनै गल्ती नहोस् भनेर हामीले हाम्रो पर्यावरण, वातावरणलाई अनुकुलन पारिराख्‍ने, गराइराख्‍ने त्यस्तो खालको प्रणाली अपनाउनुपर्ने हुन्छ।'

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको मारमा मनाङ जिल्ला परेको उल्लेख गर्दै बाढी, पहिरोका कारणले मनाङमा अपूरणीय क्षति भएको बताएकी छन्। 


प्रकाशित: Nov 01, 2021| 20:00 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।