बुधबार, भदौ ३, २०८३

धानखेतमा युवकको शव फेला

सिरहामा धानको खेतमा एकजना युवकको शव फेला परेको छ
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

जनकपुर- सिरहामा धानको खेतमा एकजना युवकको शव फेला परेको छ।

जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ४ स्थित लड्कन्हा देखि दही पौडी जाने सडक खण्डमा धान खेतमा युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

फेला परेको शव सिरहाकै औरही गाउँपालिका वडा नं. ४ का १८ वर्षीय सचिन कुमार यादवको रहेको प्रहरीले जनाएको छ। शव फेला परेको खबर पश्चात प्रहरी चौकी सिलौर्वापछवारी र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको  प्रहरी टोलीले शवको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाएको प्रवक्ता बुढाथोकीले बताए।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


प्रकाशित: Nov 01, 2021| 14:52 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।