बुधबार, भदौ ३, २०८३

सडक दुर्घटनामा एकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

तनहुँ- तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नं.को विद्युत्को गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग २१ प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो।

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएका छन्। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ। 


प्रकाशित: Nov 01, 2021| 10:27 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।