बुधबार, भदौ ३, २०८३

विमानस्थलमा गरीने पीसीआर परीक्षणको शुल्क घटाइयो

विदेश जाने नेपालीका लागि विमानस्थलबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अधिकतम १ हजार २०० रुपैयाँ लिन पाउने भएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं– विदेश जाने नेपालीका लागि विमानस्थलबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अधिकतम १ हजार २०० रुपैयाँ लिन पाउने भएका छन्। 

विमानस्थल कार्यालयले प्रयोगशालाहरूलाई पत्राचार गरी १ हजार २०० रुपैयाँ भन्दा बढी शुल्क नलिन भनेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदेशीने नेपाली यात्रुलाई  पीसीआर परीक्षणका लागि हाल ८ वटा प्रयोगशालाले विमानस्थल परिसरबाट स्वाब संकलन गरिरहेका छन्। ती प्रयोगशालाले यसअघि विमानस्थलबाट स्वाब संकलन गरी गरिएको परीक्षणको शुल्क २ हजार लिँदै आएका थिए।

स्टार अस्पताल, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, विध ल्याबलगाएतलाई विमानस्थल कार्यालयले पत्र पठाएको हो। विमानस्थल परिसरबाट स्वाब संकलन गर्ने प्रयोगशालाले १२०० भन्दा बढी शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी दिइएको छ। 

प्रकाशित: Nov 01, 2021| 10:01 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।