बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शालिक राख्न सय चिहान भत्काइयो, स्थानीयको विरोधपछि काम ठप्प

शालिक राख्न सय चिहान भत्काइयो, स्थानीयको विरोधपछि काम ठप्प

खोटाङमा १४ करोड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

खोटाङ- खोटाङमा १४ करोड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका छन्। त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ।

१५-२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए। चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन्। विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणको काम अगाडि बढ्न सकेको छैन। २ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो।

तर, बुईपाका वडाध्यक्ष दिनेश राई चिहानको व्यवस्थापन गर्ने सहमतिमा काम अघि बढे पनि 'मान्छे उचालेर' विवाद निकालिएको बताउँछन्। साविकको बुईपा-३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा चिहान बनाएका छन्। त्यहाँ करिब २ सय ८८ चिहान छन्।

समितिले शालिक राख्ने स्थान परिवर्तनको माग गरेको छ।  आइतबार वडा कार्यालयमा १० बुँदे लिखित ज्ञापनपत्र बुझाइएको छ।

समस्या समाधानको प्रयास भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले रिजालले बताए। ‘प्रायः डाँडामा समाधिस्थल हुन्छन् नै। संरचना बनाउँदा खन्नैपर्छ, खन्दाखेरी केही अवशेष निस्केको हो। अवशेष निस्कन्छ भनेरै सबैको सम्झना हुनेगरी आत्मघर बनाएर राख्ने सल्लाह पहिलादेखि भएकै थियो,’ मेयर रिजालले भने, ‘असन्तुष्टि आउनु स्वभाविक हो। यो मानवीय संवेदनासँग सम्बन्धित विषय भएकाले चाँडै नै समाधान गरेर काम अगाडि बढाउने भन्ने नै छ।’ 

नगरपालिकाको ३० प्रतिशत र प्रदेश १ को ७० प्रतिश गरी १४ करोडको लागतमा शालिकसहितको पार्क निर्माणको योजना अगाडि बढेको हो।  उमा-तुवाचुङ-अनसुवी जेभीले निर्माणको ठेक्का लिएको छ।      -न्युज कारखाना

प्रकाशित: Nov 01, 2021| 08:57 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।