बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी कार्यशाला सुरु

लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी कार्यशाला सुरु

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। 

मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता छ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेसी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रूपमा उद्घाटन गरेका थिए। 

महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिलाभित्रको विविधतालाई वकालत सुरु गरेको छ। समारोहमा हिमाल, पहाड, मधेस, नेवारी सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल सुरु भएको आयोजकले बताएको छ।

वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिए। लैङ्गिक, जातीय र आर्थिक रूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाल अब राज्यका सवाल बनाउन नसके समतामूलक संवृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरूको टिप्पणी थियो। 

तीन दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तरक्रियात्मक प्रशिक्षण दिइनेछ।

प्रकाशित: Nov 01, 2021| 08:23 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।