सोमबार, असार २२, २०८३

इटालियन सिरी एमा नापोली र मिलान क्लबको जित

इटालीको शीर्ष डिभिजन फुटबल लिग सिरी एमा नापोली र मिलानका दुई ठूला क्लबले जित निकालेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- इटालीको शीर्ष डिभिजन फुटबल लिग सिरी एमा नापोली र मिलानका दुई ठूला क्लबले जित निकालेका छन्।

आइतबार राति सम्पन्न खेलमा नापोलीका साथै इन्टर मिलान र एसी मिलानले जित निकालेका हुन्।

घरेलु मैदान सान सिरो रंगशालामा भएको खेलमा इन्टरले उडिनेसलाई २–० गोलले पराजित गरेको हो। इन्टरको जितका लागि जोआक्विन कोरियाले दोस्रो हाफमा दुवै गोल गरेका हुन्।

आइतबारकै अर्को खेलमा १० खेलाडीमा समेटिएको एसी मिलानले रोमालाई २–१ गोलअन्तरले हराएको छ। रोमाको ओलम्पिकको रंशालामा भएको खेलमा ज्वालटन इब्राहिमोविच र एफ केजीले मिलानका लागि गोल गरेका थिए।

यता रोमाका पराओनले एक गोल फर्का। खेलको ६६औं मिनेटमै थियो हर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो।

सिरी ए मै शीर्षस्थानको नापोलीले आइतबार राति सेलरनिटनालाई १–० गोलले हराएको छ। दोस्रो हाफमा दुवै टिमका १–१ खेलाडीले रातो कार्ड पाएको खेलमा नापोलीले जित निकालेको हो।

आइतबार रातिको जितसँगै शीर्षस्थानको नापोली र दोस्रो स्थानको एसी मिलानको समान ३१–३१ अंक छ। २४ अंक बनाएको साविक विजेता इन्टर मिलान २४ अंकका साथ तेस्रो स्थानमा छ।

गएराति पराजित रोमा चौथो स्थानमा छ भने सेलरनिटना रेलिगेनस जोनमा छ। उडिनेश १४औं स्थानमा छ।

प्रकाशित: Nov 01, 2021| 08:01 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।