बुधबार, भदौ ३, २०८३

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

उदयपुर- उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ।

लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो।

महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गरी २ सय ४५ महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राईले बताए।

स्कृनिङ गरिएको मध्ये तेस्रो लिंगिसहित ४१ मा जटिल किसिमको समस्या भेटिएको अध्यक्ष राईले बताए।

शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ। क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताए।

पाठेघरमा क्यान्सरजस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना गरिएको थियो।

जिल्ला अस्पताल उदयपुरको प्राविधिक सहयोगमा उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो।   -न्युज कारखाना

प्रकाशित: Nov 01, 2021| 07:54 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।