सोमबार, असार २२, २०८३

विश्वकपमा न्युजिल्यान्डसँग फेरि हार्‍यो भारत

आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन।

आइतबार राति दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पनि भारतले न्युजिल्यान्डसँग ८ विकेटको हार बेहोरेको हो।

भारतले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका मार्टिन गुप्तिलले २०, डेरिल माइकलले ४९ र केन विलियम्सनले ३३ रनको योगदान दिएका थिए।

त्यस समयमा भारतका जसप्रित बुमराहले दुई विकेट गिराउनु बाहेक अन्य बलरले न्युजिल्यान्डका खेलाडीलाई पेवेलियन पठाउन सकेनन्।

पहिलो पारीमा भारतका रवीन्द्र जाडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाण्ड्या २३ रन बनाएर आउट भए। न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिँदा प्लेयर अफ दि म्याच ईश सोधिले २ विकेट लिए।

आइतबार रातिकै अर्को खेलमा अफगानिस्तानले नामिबियालाई हराएको छ। एसले नामिबियालाई ६२ रनले हराएको हो। टस जितेर ब्याटिङ रोजेको अफगानिस्ताने २० ओभरमा १६० रन बनाएको थियो।

जवाफमा नाबियाले ९ विकेट गुमाएर ९८ रन बनाएपछि अफगानिस्तानले सानदार जित निकालेको हो।

आइतबारको खेलसँगै समूह २ मा तेस्रो चरणका खेल सुरु भएका छन्। जहाँ तीन खेलमा दुई जित निकालेको अफगानिस्तान ४ अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, तीन खेलमा शतप्रतिशत जित निकालेको पाकिस्तान शीर्षस्थानमा छ।

गएराति पहिलो जित निकालेको न्युजिल्यान्ड तेस्रो स्थानमा छ। पराजित इन्डिया शून्य अंकका साथ पाँचौँ स्थानमा छ भने एक जितका साथ नामिबिया चौथो स्थानमा छ।

प्रकाशित: Nov 01, 2021| 07:47 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।