सोमबार, असार २२, २०८३

घरेलु मैदानमा एट्लेटिकोको सहज जित

एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो रंगशालामा जित निकालेका छ। उसले पाहुना टिम रियल बेटिसविरुद्ध ३–० गोलको जित निकालेको हो।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं- एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो रंगशालामा जित निकालेका छ। उसले पाहुना टिम रियल बेटिसविरुद्ध ३–० गोलको जित निकालेको हो।

दोस्रो हाफको ६०औं मिनेटमा बेटिसका जर्मन पेज्जेलाले आत्मघाती गोल गरेपछि एट्लेटिकोले एक गोल कोसेली पाएको थियो। त्यसअघि नै खेलको पहिलो हापमा फेर्रेरा करास्कोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।

८०औं मिनेटमा करास्कोस्कोले नै पास दिएपछि पोर्चुगिज फरवार्ड जोआ फेलिक्सले एट्लेटिकोको लागि तेस्रो गोल गरेका थिए।

यससँगै ४६ प्रतिशत मात्र बल पोसेसन बनाए पनि एट्लेटिकोले बेटिसको पोस्टतर्फ १८ प्रहार गरेको थियो। ३–० गोलअन्तरको जित निकाल्दै एट्लेटिको मड्रिडले २२ अंक बनाएको छ।

शीर्षस्थानको रियल सोसिडाडभन्दा तीन अंकले पछि रहेको साबिक विजेता एट्लेटिको चौथौँ स्थानमा छ। रियल बेटिस २१ अंकका साथ पाँचौँ स्थानमा छ।

प्रकाशित: Nov 01, 2021| 07:25 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।