आइतबार, साउन १७, २०८३

शनिबारदेखि एक साता मास्क अभियान

'म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु' भन्ने नाराका साथ शनिबारदेखि नेपाल मास्क अभियान सुरु हुँदैछ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– 'म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु' भन्ने नाराका साथ शनिबारदेखि नेपाल मास्क अभियान सुरु हुँदैछ। 

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले एक साता नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २३ गतेदेखि २९ गतेसम्म उक्त अभियान सञ्चालन गरिनेछ। 

मास्क लगाउने तरिकालाई व्यवस्थित बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। कोरोना संक्रमणबाट बच्नको लागि मास्क अनिवार्य भएको उनले बताए। 


प्रकाशित: Aug 05, 2021| 11:05 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्