शनिबार, कात्तिक २९, २०८२

कर्णालीमा समाजवादीका तीन मन्त्री पदमुक्त

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

देव राना

देव राना

सोमबार, कात्तिक १५, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्। पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन्।

National life

तीनै जनाले गत बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएकै भोलिपल्ट मुख्यमन्त्री शाहीले (बैशाख ४ गते) तीन जनलाई मन्त्री नियुक्त गरेका थिए।

पार्टी हित विपरीत फ्लोरक्रस गरेको भन्दै एमालेले प्रकाश ज्वालासहित तीन जना मन्त्रीलाई सांसद पद नरहनेगरी बैशाख १३ गते कारबाही गरेको थियो। सांसद पद गुमेपछि पुनः बैशाख १५ गते उनीहरू गैर सांसदको रूपमा मन्त्री नियुक्त भएका थिए। गैर सांसद ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी व्यवस्था छ। यही कारण मन्त्रीहरू आजबाट स्वतः पदमुक्त भएका हुन्। पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन्।

यसैबीच एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ। ‘उहाँहरू पदमुक्त भएपछि तीन वटै मन्त्रालयहरू हाम्रो पार्टीको भागमा पर्दछन्,’ एकीकृत समाजवादीकी सांसद देवी वलीले भनिन्, ‘तीन वटै मन्त्रालय पार्टीले नछोड्ने निर्णय भएको छ ।’ 

आइतबार साँझ सुर्खेतमा बसेको एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीको बैठकले तीन वटै मन्त्रालयमा समाजवादीले लिने निर्णय गरेको हो ।

Laxmi sunrise bank
kumari

कर्णाली प्रदेशसभामा एकीकृत समाजवादीका तीन जना (देवी वली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाह) सांसद छन् । समाजवादीले तीनै जनालाई मन्त्री बनाउने निर्णय गरिरहँदा सत्ता गठबन्धनले समाजवादीलाई तीन वटै मन्त्रालय दिन तयार छैन ।

पूर्व सहमति अनुसार आज (१५ गते) कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । तर, तत्काल माओवादी केन्द्रले मुख्यमन्त्री नछोड्ने बरु कांग्रेसलाई थप एक मन्त्रालय दिएर रिझाउने तयारी गरेको छ । 

मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णाली प्रदेश सरकारमा हाल माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३, कांग्रेसले २ र समाजवादीले ३ वटा मन्त्रालय सम्हाल्दै आएको छ । 

कांग्रेसले थप एक मन्त्रालय पाएको खण्डमा समाजवादीको भागमा दुई वटा मन्त्रालय मात्रै भाग पर्नेछन् । मन्त्रालय बाँडफाँड र सरकारको नेतृत्व फेरबदलका विषयमा गठबन्धनले आज थप छलफल गर्ने नेताहरूले बताएका छन् ।

प्रकाशित: Nov 01, 2021| 06:50 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।