आइतबार, जेठ २५, २०८२

विश्‍व तापमान १.५ डिग्री राख्‍न जी–२० राष्ट्रहरु सहमत

जी–२० राष्ट्रका नेताहरू विश्व तापमानलाई पूर्व–औद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८
nespernesper

बीबीसी

बीबीसी

आइतबार, कात्तिक १४, २०७८

vianetvianet

रोम- जी–२० राष्ट्रका नेताहरू विश्व तापमानलाई पूर्व–औद्योगिक स्तरभन्दा कम १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका छन्। इटालीको राजधानी रोममा आयोजित जी२० शिखर वार्तामा कोइला उत्पादनलाई अन्त्त्य गर्नेसमेत प्रतिबद्ध भएको बीबीसीले जनाएको छ। 

स्रोतहरूले दिएको जानकारीअनुसार ती नेताहरूले २०१५ को पेरिस सम्झौतामा सहमति भएको भन्दा बाहिर जाने विषयलाई अनुमोदन गरेका छन्। जसले ग्लोबल वार्मिङलाई २ डिग्रीभन्दा कम १.५ डिग्रीको नजिकमा राख्‍न आह्वान गरेका छन्।

जी२० मा रहेका १९ राष्ट्रहरु र युरोपियन युनियनले विश्‍वको ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने गरेका छन्। 

सन् २०१५ मा भएको पेरिस सम्झौतामा हरितगृह ग्यासलाई कम गर्ने, नवीकरणीय ऊर्जा उत्पादनलाई बढाउने, विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्यका साथ त्यसलाई २ डिग्री सेल्सियसभन्दा तल राख्‍ने र जलवायु परिवर्तनको असरसँग जुध्‍नका लागि गरिब देशहरूलाई सहयोग गर्न अर्बौ‌ डलर रकम उपलब्ध गराउने सहमति भएको थियो।

त्यसबेला हरेक पाँच वर्षमा भएका प्रगतिको समीक्षा गर्ने पनि सहमति भएको थियो। त्यस्तो पहिलो समीक्षा सन् २०२० मै कोप२६ का रूपमा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण २०२१ मा सुरु भएको हो। 

National life insurance

प्रकाशित: Oct 31, 2021| 20:50 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।