मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, १२ जनाको मृत्यु

यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट, १२ जनाको मृत्यु

यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

सना- यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ। विस्फोटमा कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा रहेको बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका हुन्। 

National life

घाइते भएकाहरुलाई अस्पताल पुर्‍याइएको छ। त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको छ। बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएका छैनन्। तर पनि हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्‍न हुने गरेकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन्।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब सहरमा लगातार बमबारी भएको यमनी सेनाले जनाएको छ। उक्त बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन। तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन्। 

मारिब सहर यमनका विद्रोहीहरुको कब्जामा रहेको सहर हो। यहाँका अधिकारीहरुले उक्त सहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीविरुद्धमा कारबाही गर्दै आएको छ। 

तेलको धनी मानिने यो सहर यमनका हुथी विद्रोहीहरुको कब्जामा छ। समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो सहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 01, 2021| 02:00 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।