बिहीबार, साउन ७, २०८३

बेलायतमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

लन्डनका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

लन्डन- बेलायतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ९० लाख नाघेको छ। लन्डनका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन्। 

अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना संक्रमित पुगेका थिए। यो समेतगरी यहाँ संक्रमितको संख्या ९० लाख नाघेको हो। 

त्यसैगरी पछिल्लो २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ। यो समेतगरी कोरोना संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ।

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ। बेलायती स्वास्थ्य अधिकारीहरुले संक्रमण अझै बढ्नसक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रकाशित: Oct 31, 2021| 22:40 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।