मंगलबार, फागुन २६, २०८२

कोरोना संक्रमण : भारतमा घट्दै, चीनमा फेरि बढ्दै

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा घट्दो क्रममा रहेको छ भने उत्तरी छिमेकी चीनमा भने फेरि बढ्ने क्रममा रहेको छ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी मुलुक भारतमा घट्दो क्रममा रहेको छ भने उत्तरी छिमेकी चीनमा भने फेरि बढ्ने क्रममा रहेको छ।

National life

चीनमा पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण देखिएको छ। यसअघि चीनमा कोरोना संक्रमण शून्यमा झरेको दाबी गरिएको भए पनि पछिल्लो समय भने विभिन्‍न १४ प्रान्तहरुमा संक्रमण देखिएको हो। चीनमा पछिल्लो तीन दिनमात्रै ३०० कोरोना संक्रमित देखिएका छन्। 

चीनमा संक्रमण बढ्दै जाँदा क्‍वारेन्टाइन, अनिवार्य मास्कलगायतका प्रतिबन्धात्मक नियमहरुमा कडाइ गरिएको छ। 

तर, भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ। यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ। 

भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरला राज्यमा रहेका थिए।  कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएकोमा ६२ जना केरला राज्यमा रहेका थिए।  

Laxmi sunrise bank
kumari

यसअघि झण्डै १६ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले करिब १३ हजारमा घटेको देखिएको हो। भारतमा अहिले एक लाख ५९ हजार २७२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले आइतबार जनाएको छ। यो सङ्ख्या २४७ दिनपछिकै सबैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको ०.४६ प्रतिशत मात्रै हो। 

शनिबार भारतमा १४ हजार ६६७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यससँगै कोरोना सुरु भएबाट हालसम्म  तीन करोड ३६ हजार ५५ हजार ८४२ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ९८।२० प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।  भारतमा कोरोना भाइरसको परिक्षण ६० करोड ८३ लाख भन्दा बढी भएको छ।  

यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हामलसम्म १ अर्व भन्दा बढी डोज खोप लगाइएको छ।  

प्रकाशित: Oct 31, 2021| 22:20 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।