मंगलबार, फागुन २६, २०८२

डब्लूएचओ प्रमुख र रुसी विदेश मन्त्रीबीच भेटवार्ता

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

मस्को- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन्। 

National life

भेटका क्रममा उनीहरुबीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ। 

विश्व स्वास्थ्य संगठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र  सम्भावित खतरा रोक्न सहमति भएको जनाइएको छ। साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारी नियन्त्रणको तयारीसम्बन्धी अन्तरराष्ट्रिय सम्झौताबारे पनि छलफल भएको रुसी सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बीच भएकाले अर्थपूर्णरूपमा हेरिएको छ। रुसमा शनिबार मात्रै ४० हजार २५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने एक हजार १६० जनाको मृत्यु भएको छ।

प्रकाशित: Nov 01, 2021| 00:15 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।