बिहीबार, साउन ७, २०८३

सुडान संकटका विषयमा राष्ट्रसंघका प्रतिनिधिद्वारा छलफल

सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

खार्तुम- सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन्। 

पर्थेसले ट्विटमा लेखेका छन्, 'भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ। जहाँ उहाँ ठीक हुनुहुन्छ, तर घरमा नजरबन्दमा हुनुहुन्छ। हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा छलफल गर्‍यौं।' 

यसैगरी संयुक्त राष्ट्रसंघका अधिकारीले देशका अन्य 'सरोकारवालाहरू' सँग छलफल जारी राख्‍ने बताएका छन्। सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो।

सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल-बुर्हानले आपतकालको घोषणा गर्दै सरकार भंग गरेका छन्। मंगलबार हाम्डोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो।

प्रकाशित: Oct 31, 2021| 23:00 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।